Logo
Logo

एमाले लुम्बिनीले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार


819
Shares

काठमाडौं । नेकपा (एमाले) लुम्बिनीले आगामी मंसिर १६ गते लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने स्थानका उम्मेदवार टुंग्याएको छ । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले उपनिर्वाचन हुने स्थानीय तहका सबै उम्मेदवार टुंग्याइएको जानकारी दिए ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
सोही पालिकाको वडा नम्बर २ को अध्यक्षमा जीवन रोकालाई उम्मेदवार बनाइने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा विष्णुप्रसाद देवकोटा उम्मेदवार बन्ने भएका छन् ।

कपिलवस्तुको शुद्धोधन नगरपालिका–१ को अध्यक्षमा अब्दुल मोजिम खाँ, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा बेगम पुन उम्मेदवार बन्नेछन् भने गुल्मीको मुसीकोट नगरपालिका–१ को अध्यक्षमा दलबहादुर थापालाई उमेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्