Logo
Logo

कीर्तिपुरको मेयरमा राजमानले स्वतन्त्र उम्मेदवारी दिने, हर्क साम्पाङको समर्थन


441
Shares

काठमाडौैं । सरसफाइ अभियन्ता राजमान मानवले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा नगर प्रमुख पदका लागि उम्मेदवारीको घोषणा गरेका हुन् । उनी कीर्तिपुर नगरपालिका–१ का बासिन्दा हुन् । विगतमा एमाले पृष्ठभूमिका मानव हाल कुनै दलमा आवद्ध छैनन् ।

सरसफाइ कार्यक्रम मार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् । मानवलाई धरानका मेयर हर्क साम्पाङले समेत समर्थन गरेका छन् । सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ ।

गत निर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको थियो । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादीका उम्मेदवारले मत ल्याएका थिए । कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएकाले आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्