Logo
Logo

दीपक मनाङ्गे फैसलाको पूर्णपाठ आएपछि मात्रै अदालत जाने


630
Shares

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफुविरुद्धको फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने बताएका छन् । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने जानकारी दिएका हुन् ।

‘फैसला पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत पाटनको फैसला सदर गरेपछि मनाङ्गे फोन अफ गरेर फरार रहेका थिए । पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्