Logo
Logo
उपनिर्वाचन

सबै पदमा एमाले उम्मेदवार सर्वसहमत


9.1k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि सबै उम्मेदवार सर्वसहमत चयन गरेको छ । निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार उपनिर्वाचन हुने ४२ वटै पदमा सर्वसहमत उम्मेदवार चयन भएका छन् ।

केही ठाउँमा निर्णय हुन बाँकी भएपनि उम्मेदवार टुंगिसकेको आचार्यले बताए । प्रमुख आचार्यका अनुसार उपनिर्वाचनका लागि काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् ।

यस्तै, जाजरकोट नलसिंगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहरा, बाजुरा स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उम्मेदवार जाना शाही र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

पालिका पदाधिकारीहरुसँगै ३४ जना वडाध्यक्षको उम्मेदवार पनि टुंगिएको छ । उनीहरुको नाम पालिका कमिटीले सर्वसहमति गरेको हो । सर्वसहमतिबाट आएको नामलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्