काठमाडौं । आईसीसी यू–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल यूएईसँग खेलिरहेको छ । जारी खेलमा जितका नेपालले १२३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो । यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन बनाइन् ।
नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक÷एक विकेट लिए ।