Logo
Logo

दृष्टि न्युजकर्मी नन्दालाई सामुदायिक रेडियो पत्रकारिता पुरस्कार


- दृष्टि न्युज/संवाददाता

0
Shares

बाजुरा, १६ जेठ । बाजुरा जिल्लाबाट दृष्टि न्युजमा संवाददाताको रुपमा काम गर्दै आएका नन्दा थापा सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । उनी सामुदायिक सूचना नेटवर्क सीआईएनले प्रदान गर्दै आएको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।
रेडियो बार्जुका स्टेशन म्यानेजर समेत रहेका उनलाई सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट देशैभरी ५ जना मध्ये महिला रेडियोकर्मीको तर्फबाट उत्कृष्ट सवाददाताको रुपमा पुरस्कृत हो ।
सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेहरुमा सीआईएनका बरिष्ठ सम्बाददाता राजन रुचाल, सामुदायिक रेडियोकर्मीमध्ये महिला तर्फबाट रेडियो बार्जुका नन्दा थापा र रेडियो शालिग्राम पर्वतका रोशन तिवारी उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत भएको सीआईएनका प्रमुख दीपक आचार्यले जानकारी दिए ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराद्धारा सञ्चालित सीआईएनले आज आफ्नो ११आँै बार्षिक उत्सवको अवसरमा पुरस्कार पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । लामो समयदेखि सामुदायिक रेडियोमा काम गर्दै आउनुभएका थापाको सामुदायिक रेडियोमा भएको योगदान र क्षमताको कदर गर्दै पुस्कार प्रदान गरिएको सीआईएन प्रमुख आचार्यले जानकारी दिए ।
सीआईएनले हरेक बर्ष प्रदान गर्दै आएको स्वयंसेवी सामुदायिक रेडियो पत्रकार पुरस्कार रौतहटको गुञ्जन एफएममा कार्यरत अनिता राउतलाई प्रदान गरिने भएको छ ।
यस्तै यस बर्षबाट थपिएको दीगो शान्ति सामुदायिक रेडियो पत्रकारिता पुरस्कार रेडियो उन्नती भोजपुरमा कार्यरत कविता खड्कालाई प्रदान गर्ने घोषणा गरिएको छ । पुरस्कारको राशी १५ हजार रुपैंयाँ रहेको छ भने सम्मानपत्र पनि दिइने छ । पुरस्कारको रकम पुरस्कृतहरुको बैंक खातामा हालेपनि प्रमाणपत्र भने कोरोना भाइरसको महामारी अन्त्य भइ सामान्य अवस्था आएपछि मात्रै प्रदान गरिने सीआईएन प्रमुख आचार्यले जानकारी दिए ।
पत्रकार महासंघ जिल्ला शाखा बाजुरा कोषाध्यक्षसमेत रहेकी थापा केन्द्रियस्तरका सञ्चार माध्याम दृष्टिन्युज डट कम, राजधानी दैनिकमा बाजुरा जिल्लाबाट संवाददाताको रुपमा काम गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्