बेइजिङ । चीनले इनडोनेसियासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ सुरू भएको जनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङल इन्डोनेसियाली समकक्षीसँग शनिबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप मजबुत पार्ने बताएका हुन् ।
गत अक्टोबरमा पदभार ग्रहण गरेयता इन्डोनेसियाली नेताको पहिलो विदेश भ्रमणको क्रममा चीनका राष्ट्रपति सीले शनिबार बेइजिङमा राष्ट्रपति प्राबोवो सुबिआन्तोसँग वार्ता गरेका छन् ।
चीन इन्डोनेसियासँग मिलेर आत्मनिर्भरता, सहयोग, पारस्परिक लाभ र प्रमुख विकासशील मुलुकका रूपमा विजयी नतिजाको नयाँ अध्याय लेख्न इच्छुक रहेको सीले पत्रकारसामु प्रबोवोसँग ऐक्यबद्धता जनाएका छन् ।
बेइजिङ र जकार्ता प्रमुख आर्थिक सहयोगी हुन्, चिनियाँ कम्पनीहरूले हालैका वर्षहरूमा इन्डोनेसियाली विशेष गरी निकेल क्षेत्रमा प्राकृतिक स्रोतहरू निकाल्न लगानी गरिरहेको छ ।