Logo
Logo

रवि लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह छैन : देउवा


1.1k
Shares

धनगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् ।

गृह जिल्ला डडेल्धुरा जाने क्रममा आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आधारमा सरकारले लामिछानेमाथि अनुसन्धान गरेको स्पष्ट पारे ।

उनले विगतमा कांग्रेसकै नेताहरुमाथि मुद्दा चल्दा आफूहरुले आन्दोलन नगरेको भन्दै देउवाले भने, ‘हाम्रा साथीहरुलाई मुद्धा चलाइकै हो, हामीले होहल्ला गरेनौं ।’ लामिछाने पक्राउमा सरकारको पूर्वाग्रह नभएको देउवाको भनाइ थियो ।

सहकारी ठगीमा दोषी ठहर भएमात्र लामिछानेलाई कारबाही हुने बताउँदै देउवाले अनुसन्धानमा सहयोग गर्न रास्वपालाई आग्रह गरेका छन् ।

गृह जिल्ला डडेल्धुरामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आइतबार बिहान सुदूरपश्चिम आएका हुन् । देउवा आज धनगढीमै बस्ने कार्यत्रमm छ ।

प्रतिक्रिया दिनुहोस्