काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले आइतबार निवासबाटै नियन्त्रणमा लिएको छ । जापान भ्रमणका क्रममा मानव बेचविखनको आरोप लागेका अधिकारीलाई काठमाडौंबाट गएको विशेष प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
विराटनगर महानगरपालिका–२ स्थित निवासमा नियन्त्रणमा लिइएका अधिकारीलाई आजै विमानबाट काठमाडौं ल्याइँदैछ । त्यसका लागिउनलाई विराटनगर विमानस्थलतर्फ लगिएको छ ।
अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई डेराबाट निकालिएको छ ।
मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट उनलाई निलम्बन गरेको थियो ।
शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।