Logo
Logo

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द नियुक्त


315
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार (आज) निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् । निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशका रूपमा थिए ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरिएको” राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्