काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षी नेपाल क्रिकेट संघ (क्यान)लाई आगामी पेसीमा छलफलका लागि भने बोलाएको छ ।
जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।
विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर छ ।