Logo
Logo

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति


1.7k
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।

आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लामिछाने सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका थिए । लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्