Logo
Logo
आईसीसी यू-१९ महिला विश्वकप छनोट

नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य


315
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डसँग खेलिरहेको छ ।

खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको छ । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन् ।

त्यस्तै ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८-० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्