Logo
Logo

युक्रेनद्वारा मस्कोमाथि घातक ड्रोन आक्रमण


नारायण न्यौपाने

567
Shares

मस्को । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध अहिलेसम्मकै घातक ड्रोन आक्रमण गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी ड्रोनहरू छ वटा अकाशमै रोकिदिए पनि केही राजधानी मस्कोतर्फ गइरहेका थिए । जसका कारण मस्कोका तीन विमानस्थलबाट उडानहरू डाइभर्ट गरिएको थियो ।

यस्तै, युक्रेनी वायुसेनाका अनुसार रुसले शनिबार राति १ सय ४५ वटा ड्रोन आक्रमण गरेको थियो, जसले देशको हरेक भागलाई लक्षित गरेको थियो । तीमध्ये अधिकांशलाई खसालिएका थिए ।

रुस र युक्रेनबिच यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन्, जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ ।

आइतबारको युक्रेनी आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठुलो हमला भएको बताइएको छ । मस्कोका गभर्नरले सो कुराको पुष्टि गरेका छन् । अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन् ।

रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँचजना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ । मन्त्रालयका अनुसार सहरमा ३४ ड्रोन खसालेका थिए ।

प्रतिक्रिया दिनुहोस्