Logo
Logo

हिरासतबाटै पार्टीलाई रविको निर्देशन : मेरो पक्राउ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउनुस्


3.2k
Shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका छन् ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति लामिछानेले सोमबार दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसँगको भेटमा यस्तो बताएका हुन् ।

लामिछानेले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन दुई उपसभापतिलाई निर्देशन दिएका छन् । भेटपछि सञ्चारकर्मीसँग बोल्दै अर्यालले लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए ।

आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनले बताए । त्यस्तै, अर्का उपसभापति वाग्लेले सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताए । ‘राजनीतिक प्रतिशोधले अनावश्यक हिरासतमा राखिएको हो । हामीलाई विधिको शासनमा अटल विश्वास छ’, उनले भने ।

वाग्लेले हिरासतबाहिर राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट गर्ने, भागेर जाने अवस्था नभएको बताए । सरकारले कानुनी छिद्रको दुरुपयोग गरिरहेको वाग्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्