Logo
Logo

एभरेस्ट र एनसीएचएलबीच अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी सम्झौता


315
Shares

काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटमार्फत नेपाल पे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टेरोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

चाइना, हङ्गकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटली लगायत देशहरबाट नेपाल आएका पर्यटकले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका अलिपे क्यूआर तथा यसका इन्टेरोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्