बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बुटवलमा प्रदर्शन गर्दैछन । सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइने भएकाले पार्टीले प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाले जनाएको छ ।
लामिछानेलाई रुपन्देही ल्याउने भएको सुरक्षा व्यवस्था कडा पारिएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही ल्याउन लागिएको हो । विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन ।
रास्वपाका नेता कार्यकर्तालाई बिहान १० बजे भैरहवामा उपस्थित हुन सो पार्टीले निर्देशन दिएको छ । यस्तै, सहकारी पीडितहरूले पनि सरकारी वकिलको कार्यालय अगाडि विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । दोहोरो प्रदर्शनको तयारी भएसँगै प्रहरीले विमानस्थलदेखि सरकारी वकिलको कार्यालय परिसरसम्मको सुरक्षा व्यवस्था कडा पारेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेको नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।