काठमाडौं । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे)लाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइएको छ । सिआइबीले उनलाई आज बिहान काठमाडौंको सानो भ¥याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरेको हो ।
अदालतमा उपस्थित गराएपछि दीपक मनाङेलाई कारागार चलान गरिने भएको छ । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर आजै कारागार चलान गर्ने बताए ।
दिपक मनाङेलाई सर्वोच्च अदालतले यही कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
सर्वोच्चले दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो भने मनाङे फरार भएका थिए । मनाङले यही मुद्दामा केही समय जेल सजाय भोगिसकेका छन् ।