Logo
Logo

रास्वपाविरुद्ध अवहेलना निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार


2.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय पदाधिकारीहरुविरुद्ध पेश भएको ‘अदालतको अवेहलना’ निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चका सहरजिष्ट्रार अच्युत कुईकेलले ‘कहाँ कुन घटनाले कसरी अदालतको अवहेलना भएको हो ?’ भन्ने विवरण नखुलाइएको भन्दै रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेश गरेका हुन् ।

सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् ।अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रिय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्