काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
बिहान साढे ११ बजे बस्ने केषि समितिको बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने छ ।
यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।