काठमाडौं । कैलालीको गौरीगंगामा एक युवकको हत्या भएको छ । बाख्रो चोरेको आरोपमा बाख्रा धनीले कुटपिट गर्दा गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको मृत्यु भएको हो । सुुरेश राष्ट्रिय दलित पत्रकार संघ कैलालीका सहसचिव हुन् ।
बाख्रा चारेको आरोपमा उनीमाथि शनिबार बाख्राधनीसहित गाउँकै केही व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोमबार धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कुटपिटमा संलग्न एक महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय धर्म विक, २३ वर्षीय विशाल विक, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल र ३४ वर्षीया रमा रावल छन ।