काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलबार बोर्ड बैठक बसेर प्राधिरणले लाइन जोडेको हो ।
मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
प्राधिकरणले पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने तयारी गरेको छ । प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।