Logo
Logo

माओवादीबाट कीर्तिपुरका मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ ।

आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा एक कार्यक्रमकाबीच तीन उम्मेदवार घोषणा गरिएको हो ।
माओवादीले प्रा. डा. शिवशरण महर्जनलाई मेयरमा उम्मेदवार बनाउने भएको छ । ७९ को चुनावमा पनि मेयर भिडेका महर्जन तेस्रो भएका थिए ।

यस्तै, वडा नम्बर १ मा अष्टमान महर्जन र ४ मा इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने भएको छ । प्रचण्डले नेताहरूलाई जनताको घरघरमा गएर आफ्नो एजेण्डा बताउँदै चुनाव केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
देशभरका विभिन्न स्थानमा रिक्त ४४ पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्