Logo
Logo

गण्डकीका सांसद विमला गौचनको निधन


1.4k
Shares

पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्वमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

डेंगु बिरामी भएपछि उनलाई ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा गएराति १२ बजे हृदयाघात भएको थियो । गौचनलाई केही समयअघि मात्र दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्