Logo
Logo

रुपन्देहीमा आज पनि रविको लिखित बयान


441
Shares

बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान लिइँदै छ । कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार भैरहवा ल्याइएको हो ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको आज बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिने तयारी छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार बिहान कार्यालय खुलेसँगै लामिछानेको बयान लिइने छ । बयान सकिएपछि लामिछानेलाई आजै कास्की पठाइने रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले बताए ।

लिखित बयानमा सरकारी न्यायाधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्