Logo
Logo

भैरहवामा रविसँग तेस्रो दिन बयान सुरु


504
Shares

काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान लिन सुरु गरिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलस्थित सुपिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार रुपन्देही ल्याइएको थियो । बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान लिन सुरु गरिएकोमा नसकिएपछि आज तेस्रो दिन पनि बयान लिइएको हो ।

आज बयान सकेर कास्की पठाउने योजना रहेको प्रहरीले जनाएको छ । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्