Logo
Logo

उपनिर्वाचन : रास्वपाबाट कीर्तिपुरको मेयरमा जयरामको दाबी


6.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ ।

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर मेयरमा रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र दाबी गरेका हुन् । एकल दाबी परेकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले बताए ।

कीर्तिपुरमा मेयर र दुई वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा भने रास्वपाबाट उम्मेदवार सिफारिस भएको छैन ।

प्रतिक्रिया दिनुहोस्