Logo
Logo

आन्दोलनका बारेमा समीक्षा भइरहेको छ : सन्तोष परियार


1.3k
Shares

 
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीले गरिरहेको आन्दोलनका बारेमा समीक्षा भइरहेको बताएका छन् ।  

सिंहदरवारमा बिहीबार बसेको पार्टी संसदीय दलको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले आन्दोलनलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको बताए । आफूहरूले आन्दोलनले पार्टीलाई मात्रै नभई जनतालाई पनि फाइदा हुनुपर्ने भन्दै उनले बिभिन्न कोणबाट खुल्ला रुपमा पार्टीभित्र बहस छलफल भइरहेको बताए । 

पार्टीभित्रको विवादका विषयमा सोधिएको प्रश्नमा परियारले पार्टीभित्र कुनै गुट-उपगुट नरहेको जिकिर गरे । कार्यबहाक सभापतिका विषयमा पनि पार्टीभित्र कुनै विवाद नरहेको उनको भनाइ छ । उनले आफ्ना नेताविरुद्ध अदालतको अवहेलना मुद्दाका विषयमा पनि पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए ।  

त्यस्तै रास्वपाका सांसद गणेश पराजुलीले सरकारले राजनीतिक प्रतिशोध साधेकाले आन्दोलन निरन्तर अघि बढ्ने बताए । उनले सरकारको रवैयाविरुद्ध उपनिर्वाचनलाई आन्दोलनको रुपमा नै अघि बढाउने जिकिर गरे । 

उनले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय नबनाउने उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्