Logo
Logo

भ्रष्टाचार अन्त्य नभएसम्म मन्त्रीको संख्या घटाएर पनि केही हुँदैन : माधव नेपाल


1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई अघि बढाउन बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताएका छन् ।  

नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले देश र जनताको समस्या बुझेर मुलुकलाई अघि बढाउनका लागि बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताएका हुन् ।

राम्रो सरकार भए हिम्मतका साथ अघि बढ्न सक्ने र बलियो समेत हुने उनले बताए । अध्यक्ष नेपालले मत दिने बेला पनि जनताले कुरामात्र गर्ने दल भन्दा पनि राम्रा दललाई छान्न सक्नुपर्ने धारणा राखे ।

उनले नेपालको राजनीतिको समस्या चरम भ्रष्टाचार, व्यक्तिवाद, गैरजिम्मेवार प्रवृत्ति र दूरगामी दृष्टिकोणको अभाव भएको उल्लेख गरे । नेपालको राजनीतिमा देखिएको भ्रष्टाचार अन्त्य नभएसम्म मन्त्रीको संख्या घटाएर पनि केही नहुने उनको भनाइ छ ।  

अध्यक्ष नेपालले पदका लागि भन्दा पनि देश र जनताका लागि काम गर्नका लागि योजना बनाउन सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्