काठमाडौँ । ललिता निवास प्रकरणमा मन्त्रीहरूलाई विशेष अदालतले सफाइ दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
यस प्रकरणमा विशेष अदालतका सदस्यहरू डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठलाई सफाइ दिएको थियो ।
अदालतले २०८० फागुन २३ गते रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको थियो ।
आज विशेषको फैसलाविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दिएको उक्त रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ पनि माग गरेको छ ।