काठमाडौं । मुक्तिनाथ विकास बैंक श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट सम्मानित भएको छ । बैंक सो संस्थाले बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फ सर्टिफिकेट अफ मेरिटद्वारा सम्मानित भएको हो ।
यो पुरस्कारबाट मुक्तिनाथ सन २०२१ र २०२३ मा पनि सम्मानित भइसकेको छ । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स साफाले सो अवार्डमा विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदन मूल्यांकनका आधारमा छनोट गरिएको हो । विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथले यो अवार्ड प्राप्त गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका हुन् । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ ।