काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछालेनलाई आज रूपन्देहीबाट कास्कीको पोखरा लगिँदै छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा लामिछानेको लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो ।रूपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरका अनुसार लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ ।
सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा लामिछालेनलाई अनुसन्धानका लागि बुटवल झिकाइएको थियो । सहकारीको रकम अपचलनमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।