Logo
Logo

आजदेखि बंगलादेश निर्यात गरिँदै ४० मेगावाट बिजुली


315
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (शुक्रबार) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । भारतले गएको असोज १७ गते भारतले स्वीकृति दिएपछि प्राधिकरणले बंगलादेशमा विद्युत् पठाउन लागेको हो ।

नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दउँसो पौने १ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेसँगै आज नेपालको बिजुली बंगलादेश निर्यात हुन सुरु हुनेछ । आज दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म नेपालको विद्युत् बङ्गलादेश निर्यात गरिनेछ ।

प्राधिकरणले बंगलादेश निर्यातका लागि चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना हुन् । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्