Logo
Logo

एमाले युवा विद्यार्थी विशेष कमिटीकाे अध्यक्ष र सचिव निर्विरोध


819
Shares

काठमाडौं । नेकपा (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदर्शन शिवाकोटी निर्विरोध निर्वाचित भएका छन्।

बुधबारबाट सुरू भएको पाँचौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार बेलुका ८ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा एकल उम्मेदवारी परेपछि अध्यक्षमा शिवाकोटी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै एकल उम्मेदवारी परेपछि सचिवमा नरेन्द्र न्यौपाने पनि निर्विरोध भएका छन् । उपाध्यक्षमा श्यामकाजी खत्री, प्रकाश भुजेल, मदन विष्ट, बलराम बेलबासेको उम्मेदवारी परेको छ ।

खुला उपसचिवतर्फ जगत लामा, मोदनाथ सिग्देलको उम्मेदवारी परेको छ। महिला क्लस्टरतर्फै सजिना थापा मगर, विनिता काफ्ले, शोभा सापकोटा थापाको उम्मेदवारी दर्ता भएको छ ।

उनीहरूबीच छलफल गरेर सर्वसम्मतिको प्रयास भइरहेको एमालेले बताएको छ। एमालेमा भूगोल र गैरभूगोल गरी ८१ वटा जिल्ला कमिटी छन् । युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भइ सदस्य लिएकाहरू यो कमिटीमा रहन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्