Logo
Logo

इंग्ल्याण्डका खेलाडी बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने


252
Shares

काठमाडौं । इंग्ल्याण्डका खेलाडी रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि अनुबन्ध गरेको हो । राइनोजले शुक्रबार विज्ञप्तिमार्फत बोपारालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जानकारी दिएको छ ।

चितवनले अनुबन्ध गरेको बोपारा पाँचौ विदेशी खेलाडी हुन् । चितवनले यसअघि नै दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरिसकेको छ ।

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्