Logo
Logo

मन्त्री पाण्डेले दिए आफ्नै पार्टीका सांसद बजगाईंविरुद्ध उजुरी


630
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंविरुद्ध पार्टीमा उजुरी हालेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएको दाबीसहित हदैसम्मको कारबाहीको माग गर्दै पार्टी अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।

उनले उजुरीमा भनेका छन्, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धाबा बोल्ने गरी लगाएका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’

सांसद बजगाईंले टाइगरटप्सलाई क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेका थिए । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले सबै पोस्टहरू हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्