Logo
Logo

रविलाई पोखरा फर्काइयो


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा पुर्याइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा बयानका लागि ३ दिनअघि रुपन्देही लगिएको थियो ।

उनको बयान बिहीबारै सकिए पनि मौसम प्रतिकूलताका कारण लैजान समस्या भएको थियो। शुक्रबार पनि मौसम प्रतिकूलताका कारण दिउँसो सवा १ बजे मात्रै भैरहवाबाट विमान पोखराका लागि उडेको थियो ।

उनलाई पोखरा विमानस्थलबाट सोझै स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनमा खासै स्वास्थ्य समस्या नदेखिए पनि प्रहरीले रीत पुर्‍याउन अस्पताल लगेको हो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्