Logo
Logo

कर्नाटकविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी


63
Shares

काठमाडौं । कर्नाटकविरुद्धकोे दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी भएको छ । आज भएको खेलमा कर्नाटकलाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।

पहिले ब्याटिङ गर्दै जितका लागि कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले २५ ओभरमा ३ विकेटमात्र गुमाएर सहजै भेट्टायो ।

नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान गरे भने ​मयन यादवले ३२ रन र नरेन भट्टले १४ रन बनाए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पाहुना टोली कर्नाटकले ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२१ रनमात्र बनाउन सक्यो ।

कर्नाटकका रिषभले ४० रन तथा ओपनर प्रतीकले ३७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जितसंगै ५ खेलको श्रृखंलामा नेपालले १–१ को बराबरी गरेको छ। पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्