विश्व महाशक्ति अमेरिकामा नोभेम्बर ५ मा सम्पन्न अनेक आरोप खेपेका अत्यन्त विवादस्पद राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रोपटक राष्ट्रपति पदमा पुनः निर्वाचित भएपछि विश्व राजनीतिक वृत्तमा मात्र होइन, यसको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थनीति, उद्योग व्यापार, आप्रवाशन नीति, उर्जा खानी, खनिज तेल, ग्यास र पर्यावरणमा पर्ने देखिन्छ ।
किनकि, अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र मात्र होइन, सैनिक शक्ति, बहुराष्ट्रिय कम्पनीहरु जस्तै, बोइङ (हवाई जहाज निर्माण कम्पनी), जेनेरल इलेक्ट्रिक कम्पनी (जीई), मोटर कारहरु, कोकाकोला, पेप्सी र माइक्रोसफ्ट र एप्पल जस्ता अत्याधुनिक मोबाइल आदि उत्पादनले विश्वबजारमा आफ्नो प्रभुत्व जमाइराखेको छ ।
अमेरिका हार्डपावर (युद्धमा प्रयोग हुने अत्याधुनिक बी–५२ बमवर्षक विमान), स्थल युद्धमा प्रयोग हुने ट्यांक, लेसर बीम गनका साथै उन्नत बन्दोबस्तिका सामानहरुले गर्दा युद्धमा सफल हुने गरेको छ । सफ्टपावर मानिने हलिउड फिल्मको ग्ल्यामर्स र रोमान्चकताबाट को मात्र प्रभावित छैन होला ? त्यस्तैगरी सीएनएन (टेलिभिजन च्यानल) फक्स न्युजका साथै अमेरिकाको समाचार संस्था (एपी), फक्सन्युज, ब्लुमबर्ग जस्ता प्रभाशाली सञ्चार माध्यमहरुले विश्व जनमतमा आफ्नो प्रभाव जमाउन सफल छ ।
त्यसो त अमेरिकाको पुरानो कुनै गौरवमयको इतिहास छैन । झण्डै अढाई शताब्दीअघि अमेरिका बेलायतको उपनिवेस थियो । तर, अमेरिकामा अनन्त सम्भावना देखेर देश विदेशबाट ठूलो संख्यामा आप्रवाशीको संख्या बढ्यो । किनकि, त्यहाँ (अमेरिका)मा पर्याप्त पुँजी, जग्गा–जमिन, श्रम तथा उच्च प्रविधि (टेक्नोलोजी)को सहज उपलब्धताले उत्पादकत्व गुणस्तरिय भएकोले विश्व बजारमा एकछत्र विशाल साम्राज्य खडा गरेको छ । यी माथि उल्लेख गरेका अवयहरु विकासका लागि आवश्यक सर्तहरु हुन् ।
अमेरिका भनेपछि हामी औद्योगिक उत्पादनका मात्र कुरा गर्दछौं । तर, त्यसो होइन अमेरिकाले भटमास (सोयाविन), गहुँ, मकै, धान र फलफुल), हाँस (टर्की), बँदेल, गाई साथ कुखुराको मासु ठुलो परिणाममा उत्पादन गरी विदेशमा निर्यात गर्छ । त्यसैगरी, अमेरिकामा उत्पादन हुने विभिन्न थरीका वाइनहरुको पनि विदेशमा ठू्लो माग छ ।
अमेरिका आफ्ना उत्पादनहरुको साम्राज्य फैलाउन सक्नुमा त्यहाँको सुढृड आर्थिक व्यवस्था, सुशासन तथा सैन्य बल जस्ता कुराले ठुलो मान्य राख्दछ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, इन्टरनेशनल फाइनान्स कर्पोरेसन जस्ता वित्तिय संस्था पूर्णतया अमेरिकाको नियन्त्रणमा छ । र, जसेको नेतृत्व अमेरिकाले चाहेको व्यक्तिबाहेक अन्यले नेतृत्व गर्ने अन्यले सम्भव छैन ।
आर्थिक विखलबन्दमा परेपछि हरेक मुलुकको राजनीतिक नेतृत्व आर्थिक पुनर्संरचना वा वितिय सुधारको नाममा होस् वासिंगटनलाई नरिझाई वित्तिय सहयोग पाउन सक्दैन । यही कुरालाई प्रयोग गर्दै वासिंगटनले कुनै पनि मुलुकलाई आफ्नै इशारामा हिँ्डन बाध्य पार्दछ ।
लिवियाका तत्काकालीन राष्ट्रपति कद्दाफीले त्यहाँको खनिज तेल उत्पादनलाई विश्व बजारमा अमेरिकी डलरमा कारोबार गर्न अमेरिकाको दवाव नमानेपछि अमेरिकाबाटै मृत्युवरण गर्न बाध्य भएका थिए ।
अमेरिकाले भनेको नमान्दैमा एउटा लोकप्रिय
लिवियाका एक नेताले अनाहकमा ज्यान गुमाउनुप¥यो । यस्तै, ति वितिय संस्थाबाट ऋण प्राप्त गर्न अमेरिकाको आर्शीवाद पाउन अनिवार्य छ । पाकिस्तान र श्रीलंकाले आफ्नो आर्थिक दूरावस्था पुगेपछि विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग नलिइ धरो भएन ।
पश्चिम युरोपेली मुलुकहरु रुसको बलियो सैनिक शक्तिसँग जुध््न नेटो जस्ता संस्था युरोपमा दशकौंदेखि क्रियाशील छ । र, उक्त संस्थाको सुढृकरणका लागि आर्थिक तथा सैनिक बन्दोबस्तीका सामानहरु आपूर्ति अमेरिकाले गरिरहेकोमा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले नेटोलाई विगतमा झैं युरोपले आफ्नो सुरक्षा आफैले गर्नुपर्छ भन्ने घोषणाले युरोपभरि एउटा त्रासको वातावरण छाएको छ । रुस र युक्रेनबीचको युद्ध दुई देशबीचको युद्ध नभई नेटो मुलुकहरु र रुसबीच प्रक्सी वार हो ।
त्यसैगरी गाजामा इजराइल र प्यालेस्टाइनबीच हाल चलिरहेको युद्ध मध्यपूर्वको राजनीतिक कसको मुठीमा हुने भन्ने कुरामा केन्द्रित छ ।
ट्रम्पको उदयपछि रुस र युक्रेनबीच भइरहेको युद्ध, ताइवान र चीनबीचको द्वन्द्व, दक्षिण चीन सागरमा अमेरिका तथा चीनबीचको सैनिक टकराव र कोरियाली प्रायद्वीपमा शक्ति राष्ट्रहरु अमेरिका तथा उसका मित्र राष्ट्रहरुको प्रत्यक्ष संलग्नताले विश्व शान्तिको मामिलामा खलल पु¥याइरहेको छ । रुसको कजान सहरमा हालै सम्पन्न ब्रिक्स सम्मेलनले विश्व राजनीतिमा अमेरिकाको आधिपत्यलाई खुला चुनौती दिएको छ । परम्परागत रुपमा अमेरिकाको एकल ध्रुविय नेतृत्वको सट्टा सामूहिक नेतृत्वको भावना ब्रिक्स सम्मेलनले उजागर गरेको छ । र, जसलाई (न्यू इन्टरनेशल अर्डर)को संज्ञा दिन सकिन्छ ।
आगामी २० जनवरीमा वासिंगटनमा ट्रम्पले सत्ता सम्हालेपछि कस्तो विदेश नितीहरु अँगाल्ने हो भन्ने कुरा संसारले पर्खेर बसेको छ । र, वर्तमान समयमा परम्परागत ग्लोबल अर्डर गल्र्यामगुर्लुम ढल्ने दिशातर्फ उन्मुख भइरहेको परिदृश्य स्पष्ट देखिन थालेको छ ।
अमेरिकाले रुसका साथै चीनलाई अलग्याउने अमेरिकी नीति वर्तमान विश्व राजनीतिमा बेकार सावित भएको छ । उग्र दक्षिणपन्थी ट्रम्पको पहिलो कार्यकालमा जलवायु परिवर्तनको विश्व जनमतको वेवास्ता गर्दै कोप पेरिस बैठकबाट अमेरिका अलग्गिने अमेरिकाको घोषणाले ग्लोबल वार्मिङबाट परिरहेको नकारात्मक असरबारे कुनै वास्ता गरेका थिएन । र, हाल वाकुमा अजरबैजानमा सम्पन्न कोप–२९ का सहभागी राष्ट्रहरु राष्ट्रपति ट्रम्पको असहिष्णु चिन्तामा छन् ।
राष्ट्रपति ट्रम्पको अमेरिका फस्ट नाराले स्वच्छ उर्जाको विरोध गर्दै खनिज तेल (प्राकृतिक ग्यासको उत्खनन गर्नुपर्ने भन्दै ड्रिल, ड्रील, ड्रिल, भन्नेबाट पुष्टि हुन्छ । ट्रम्प चीनलाई आफ्नो मुख्य दुश्मन ठान्दै चीनबाट अमेरिका आयात हुने सामानहरुमा ६० प्रतिशत र छिमेकी मेक्सिकोबाट आयात हुने शुल्कमा बढाउने घोषणा गरेका छन् । जसबाट अमेरिका संरक्षणबादथर्फ उन्मुख हुने स्पष्ट छ । जुन डब्लु टिओको निर्देशित सिद्धान्तविरुद्ध छ ।
अमेरिकाको विकासमा आप्रवासीहरुको भूमिकालाई नकार्दै गैरकानुनी बसिरहेको भन्दै आआफ्ना मुलुकमा फिर्ता पठाइदिने भन्ने कुराले अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरु चिन्ताग्रस्त छन् ।
त्यस्तैगरी गर्भपतन, मातृशिशु कल्याण र मानवअधिकार जस्ता गम्भीर विषयमा पनि रिपब्लिकन तथा डेमोक्र्याटिकबीच मतभिन्नताले अमेरिकी समाज विभाजित छ । र, राष्ट्रपति ट्रम्प लोकरिझाई र चर्को राष्ट्रवादको नारा लिई अमेरिका जस्तो उदार खु्ला समाजलाई खिल्ली उडारहेको छन् ।
उदाहरणका लागि गतवर्ष क्यापिटल हिलमा ट्रम्पको इशारामा नै लोकतन्त्रको खिल्ली उडाउँदै आक्रमण गरिनु लोकतन्त्र विरुद्ध जिहाद छेडेको होइन र ? र, हाल अमेरिकाको सिनेट हाउस अफ रिप्रेन्जेटेटिभमा रिपब्लिकन पार्टीको बहुमत आएकाले विश्वकै लागि अमेरिकी समाज लोकतन्त्रका साथै उदार अर्थतन्त्रको समर्थक मुलुक हो भन्ने कुरामा प्रश्न खडा भएको छ । जसको दूरगामी प्रभाव विश्व राजनीतिमा आउँदा दिनहरुमा देख्न पाइने छ ।