Logo
Logo

विवाहपञ्चमीमा जन्ती ल्याउन अयोध्या पठाइयो निम्तो


189
Shares

जनकपुरधाम । विवाह पञ्चमी महोत्सवका लासग जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या गएका छन् । भगवान राम र सीताको विवाहमा ५ सयको संख्यामा तिलक र अयोध्याबाट २१ मंसिरमा विवाह पञ्चमीका दिन आउने जन्तीका लागि निम्तो पत्रसहित उनीहरु शपनबार अयोध्या प्रस्थान गरेका हुन् ।

तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे । मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ ।

तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । उनले प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्रेतायुगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्