Logo
Logo

उपनिर्वाचनमा नेसपाले माओवादीका उम्मेदवारलाई सहयोग गर्ने


441
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ ।

२०७९ सालमा सम्पन्न सङ्घ र प्रदेशको चुनावमा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा लिएर सहभागी भएको सो पार्टीले मङ्सिर १६ मा हुने उपनिर्वाचनमा पनि सोही चुनाव चिन्ह लिएर माओवादी केन्द्रलाई सहयोग गर्ने भएको हो ।

शनिवार सो पाटले विज्ञप्ति जारी गर्दै स्थानीय तहको चुनावमा पालिका र वडा तहमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिएको होे । आज (आइतबार) उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्