Logo
Logo

महायज्ञमा एक करोड ५७ लाख सङ्कलन


- दृष्टि न्युज/संवाददाता

0
Shares

नारायणपुर, ११ माघ : दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन भएको छ । 



‘श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म रु एक करोड ५७ लाख ३३८ दान सङ्कलन भएको महायज्ञका निर्देशक प्राडा अर्जुन बुढाथोकीले जानकारी दिनुभयो । 

महायज्ञको आठौँ दिन मात्रै रु ४२ लाख ४५८ दान सङ्कलन भएको छ । घोराही उपमहानगरपालिका–१३ बस्ने खिमबहादुर डिसीले रु छ लाख दान गर्नुभएको छ । यस्तै दानपेटिकाबाट बिहीबारसम्म रु ५८ हजार ४७५ सङ्कलन भएको छ । 

एक करोड दीप प्रज्वलन 

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठाँै दिन बिहीबार एक करोड दीप प्रज्वलन गरिएको थियो । देशमा शान्तिको कामना गर्दै पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो । दीप प्रज्वलनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । 

१००८ कन्या पूजन गरिने 

महायज्ञको अन्तिम दिन शुक्रबार १००८ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ । आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तीले सम्पूर्ण अभिभावकलाई आफ्ना कन्यालाई पूजन कार्यक्रममा सहभागी गराइदिनुहुन अनुरोध गर्नुभएको छ । 
(रासस)

प्रतिक्रिया दिनुहोस्