काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संसदीय समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय समितिको समितिको सभाकक्षमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन । प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइएको छ ।
बीआरआई अन्तर्गत ऋण लिन नहुने र हुने दुईथरी मत छ । नेपाली कांग्रेसका सांसदहरूले बीआरआई अन्तर्गत ऋण लिन नहुने र अनुदानमात्रै लिने नीति सरकारले लिनुपर्नेमा जोड दिँदै आएका छन् ।
नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्नुपर्नेमा एमाले र कांग्रेसको एकमत छ । यी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको समितिले जनाएको छ ।