Logo
Logo

पहिलोपटक नाइजेरिया पुगे मोदी


315
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नाइजेरिया पुगेका छन् । राष्ट्रपति अहमद टिनुबुको औपचारिक निमन्त्रणामा उनी अफ्रिकी मुलुक नाइजेरिया पुगेका हुन् ।

१७ वर्षमा कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो नाइजेरिया भ्रमण हो । प्रधानमन्त्री मोदीले आज राष्ट्रपति टिनुबुलाई भेट्ने कार्यक्रम तय भएको दैनिक भास्करले उल्लेख गरेको छ ।

उनीहरुबीच भारत–नाइजेरिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । त्यसपछि मोदीले राजधानी अबुजामा भारतीय समुदायलाई सम्बोधन पनि गर्नेछन् ।

नाइजेरियाले भारतको ऊर्जा आवश्यकता पूरा गर्छ । अफ्रिकामा विशेष गरी ऊर्जा, खानी, औषधि र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा भारतीय लगानी लगातार बढिरहेको छ । नाइजेरिया इस्लामिक देशहरूको संगठन (ओआईसी)र तेल उत्पादक देशहरूको संगठन (ओपेक)को एक महत्त्वपूर्ण सदस्य हो ।

यी दुवै संस्था भारतको कूटनीति र आर्थिक नीतिका लागि महत्त्वपूर्ण मानिन्छन् । नाइजेरिया स्वतन्त्र हुनुअघि नै दुई देशबीच कूटनीतिक सम्बन्ध सुरु भएको थियो । भारतले सन् १९५८ मा नाइजेरियामा कूटनीतिक नियोग स्थापना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्