Logo
Logo

एसएसबी महानिर्देशकले भेटे गृहमन्त्री


441
Shares

काठमाडौं । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सौहार्दपूर्ण वातावरणमा कार्य गरिरहेको विषयमा कुराकानी बताइएको छ ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न जोड दिएका थिए ।

नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरूलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह समेत गरे । भेटवार्तामा महानिर्देशकसहित एसएसपीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्