काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका लागि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उम्मेदवारी दर्ता गराएको छ ।
यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि तेस्रो लिंगी दीपक महर्जन (हनि)ले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर ४बमे वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोनयन दर्ता गराएका छन् ।
यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो ।
राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।