काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको छ ।
डा. सुरेन्द्र मानन्धरले मेयर, हर्ष महर्जन वडा १ र बद्री बुढाथोकीले ४ नम्बर वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन् ।
आउँदो १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अहिले धमाधम मनोनयन दर्ता कार्य भइरहेको छ ।