Logo
Logo

रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना


2.1k
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका थिए ।

०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । त्यसबेला उनलाई माओवादी बनेको समेत आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्