काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन र जसपा नेपालबाट दिपक महर्जन (हनी) ले उम्मेदवार दिएका छन् । यस्तै सरसफाइ अभियन्ता राजमान महर्जनले पनि उम्मेदवारी दिएका छन् ।
यही नगरपालिकाको वटा नम्बर १ र वडा नम्बर ४ मा पनि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा जम्मा ९ जनाले उम्मेदवारी दिएका छन् । वडा नम्बर ४ मा भने १३ जनाको उम्मेदवारी दर्ता भएको हो ।