Logo
Logo

लहानमा मौलायो अल्लाउदिन रायनको सुन तस्करी


2.4k
Shares

लहान । सिरहाको लहानमा कपडा पसल सञ्चालन गर्दै आएका अल्लाउदिन रायन सुन तस्करीमा संलग्न रहेको खुलाशा भएको छ । अल्लाउदिन रायनसँगै शत्रुधन, कमलउदिन रायन लगायतको समूह सुन तस्करीमा संलग्न रहेको पाइएको हो ।

अल्लाउदिन रायनको यो समूहले दुवई, कतार, साउदी लगायतका खाडी मुलुकबाट गहनाका रूपमा सुन नेपाल भित्रयाएर स्थानीय सुन गहना पसलमा सप्लाई गर्दै आएको स्रोतको दाबी छ । स्रोतका अनुसार, बैदेशिक रोजगारीका शिलशिलामा खाडी मुलुक गएका मधेशका युवाहरूमार्फत सुन नेपाल भित्र्याउँदै आएका छन् ।

नेपाल फर्कन लागेकाहरूलाई ५ देखि १० हजार रूपैयाँ दिएर ब्रासलेट, बाला, सिक्री, औँठी, कानको मुन्द्रा लगायतका गहनाहरू लगाउन दिएर सुन नेपाल भित्र्याउदै आएको बताइन्छ ।

बिदेशमा एयरपोर्टमै नेपाल फर्किन लागेका युवाहरूको पहिचान गर्ने र उनीहरूमार्फत सुन डेलिभरी गराउन सक्रिय समूहले डेलिभरीमा संलग्नहरूको फोटो गहना लगाएर खिचिन्छ र उनीहरूको पासपोर्टको फोटो समेत नेपालको एयरपोर्टमा सुनको गहना रिसिभ गर्न तैनाथ समूहलाई ह्वाट्सयप गरिन्छ ।

त्यही फोटोका आधारमा डेलिभरीमा संलग्नहरूलाई कबुल गरिएको पैसा दिएर नेपालको एयरपोर्टमा उनीहरूले गहनाका रूपमा लगाएर आएको सुन संकलन गरिने गरिन्छ । एयरपोर्टमा संकलन गरिएको सुन लहानस्थित अल्लाउदिनले खोलेको रेडिमेड कपडा पसल युनिक फेशन सेन्टरमा आइपुग्ने गरेको छ ।

रायनले सरकारले तोकेको दैनिक मुल्यभन्दा तोलाको ६ हजार रूपैयाँसम्म सस्तोमा दिने र बिक्रि गर्दा ग्राहकहरूबाट लिइने राजश्व बापतको रकम मुनाफा लिदैआएका छन् । यसतर्फ सरोकारबाला निकायले तत्काल छानबिन गरेर कार्वाहीको दायरामा ल्याउनुपर्ने माग उठेको छ ।

अल्लाउदिनको समूहले त्यसरी गहनाको रूपमा मासिक एक किलोसम्म सुन लहान भित्र्याउने गरेका छन् भने अल्लाउदिनको समूहले तस्करी गरेको सुन लहानमा कसले खरिद गर्छ भनेर खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्